आयोजक सहारा धरानसँग पराजित
पाेखरा | पुस १४, २०७९
पोखराः धरान फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गरेको छ ।
पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पाखा लगाउदै धरानले अन्तिम ८ मा प्रवेश गरेको हो ।
धरानको जीतमा प्रकाश बुढाथोकीले खेलको पाँचौं मिनेटमा निर्णायक गोलको योगदान दिए । टिमले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
पोखरामा जारी प्रतियोगितामा भोलि चर्च व्याइज र नेपाल पुलिसबीच खेल हुनेछ ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ ।
क्बलबा अध्यक्ष सुरज गुरुङका अनुसार डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

